भाेलि बुधबार जनकपुरको रेल्वे स्टेशन कम्पाउण्डमा स्टेजमा झिझिया JCNEPAL_MEDIA

अशोज २२,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : भोली बुधबार जनकपुरधाम रेल्वे स्टेशन कम्पाउण्डमा मँचमा झिझिया नचाउने भएको छ । नव मिथिला फाउण्डेशन नामक सँस्थाको आयोजनामा हुन लागेको झिझिया महोत्सवमा पाँच सय बढी महिलाहरुलाई नचाउने भएको छ । महोत्सवले मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई उजागर गर्ने उद्देश्य लिएको फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले जनाए ।

सोमबार गरिएको पत्रकार सम्मेलनको क्रममा महोत्सवमा यसपालि गाउँगाउँका झिझिया टोलीसँगै दुई स्थानीय विद्यालयका छात्राहरूले समेत झिझिया नाच प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पहिलोपटक पाँच सय जना महिलाले टाउकोमा घैँटा राखेर झिझियाको गीतमा नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ। फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले कार्यक्रमलाई सफल बनाउन स्थानीय लोक गायकहरूको पनि सहभागिता रहेको जानकारी दिए।

साथै, ललित कामतको एकल लोकगीत प्रस्तुति र जनकपुरियन बैंडको सांगीतिक कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको छ। फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ। उपाध्यक्ष नेपालले भने, झिझिया लोप हुँदै गएको छ। यसको संरक्षण हाम्रो जिम्मेवारी हो। झिझियाको महत्व र औचित्य नयाँ पुस्ताले बुझोस् भन्ने उद्देश्यले हामीले प्रत्येक वर्ष यो महोत्सव गर्ने निर्णय गरेका छौं।

महोत्सवको आयोजना मिथिला संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र यसको लोप हुन नदिन प्रेरित गर्ने उद्देश्यले लिएको आयोजकले दाबी गरे । यद्यपी, झिझिया स्टेज वा मँचमा नाच्ने सँस्कृति भने होइनन् । महोत्सवमा मौलिकतालाई गत बर्ष समेत ख्याल गरिएको थिएनन् । झिझियालाई नाच र आधुनिकताको फोर्ममा देखाउँदै आएको छ ।

प्रकाशित : अशोज २२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA