सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइतेJC NEPAL MEDIA

अशोज २३,२०८ जेसी नेपाल संवाददाता

मकवानपुरमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा–४ गोल्पिङ बेसीमा एकै स्थानमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना भएका हुन् । बस ब्रेक फेल हुँदा सोही स्थानमा दुईवटा कार समेत ठोक्किन पुगेको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ९८३ नम्बरको कार र काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान लागेको बा ३ ख २७२३ नम्बरको मिनि बस ठोक्किँदा बस सडकबाट १० मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

दुईवटा सवारी ठक्कर खादा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ८० नम्बरको कार समेत ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । गम्भीर घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : अशोज २३,२०८ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA