सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइतेJC NEPAL MEDIA

अशोज २३,२०८ जेसी नेपाल संवाददाता

मकवानपुरमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा–४ गोल्पिङ बेसीमा एकै स्थानमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना भएका हुन् । बस ब्रेक फेल हुँदा सोही स्थानमा दुईवटा कार समेत ठोक्किन पुगेको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ९८३ नम्बरको कार र काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान लागेको बा ३ ख २७२३ नम्बरको मिनि बस ठोक्किँदा बस सडकबाट १० मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

दुईवटा सवारी ठक्कर खादा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ८० नम्बरको कार समेत ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । गम्भीर घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : अशोज २३,२०८ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA