बोकाबली रसिदको सम्बन्धमा कमिटीकाे कमजोरी : रायुक भुपु अध्यक्ष प्रमाेद चाैधरीJCNEPAL_MEDIA

अशोज २५,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बोकाबली रसिदको सम्बन्धमा राम युवा कमिटीका भूतपूर्व अध्यक्ष एवम् रसीद छाप्ने छापाखाना युनियन प्रेसका संचालक प्रमोद चौधरीले रसिद काट्नमा कमिटीको तर्फबाट कमजोरी भएको स्वीकारेका छन् ।

उनले भने, –“प्रत्येक बर्ष १८ हजार रसिद छापिन्छ , यो सबैको मुचुल्का सहमतिमा छापिन्छ । बोकाबलीको रसिद ४/५ ठाउँमा काटिन्छ । कोही गुठी सँस्थानमा, कोही राम युवा कमिटिमा, कोही महावीर युवा कमिटिमा, कोही सौतिनिया इनार नजिक बसेर काटदै आएको छ । नागरिकको सुविधाको लागि ४/५ वटा काउण्टर राखिएको हुन्छ । यसमा अन्तिम ठेली हतारमा दिएपछि सिरियल नम्बरको विवाद भएको छ ।

तर, यो विवाद होईन, सृजना गरिएको कृतिम विवाद हो ।” चौधरीले कुल बोकाबली १५००४ र रसिद नम्बर १७९४४ कसरी भयो भने सन्दर्भमा अन्तिम ठेलीबाट रसिद काटिएपनि काटिएको रसिद मात्रै गन्ती हुने र बाँकीको ३ हजार रसिदको मुचुल्का उठेर राखिने बताए ।

प्रत्येक बर्ष समिति, आयोजक, गुठी सँस्थान, जिल्ला प्रशासन कार्यालयको प्रतिनीधि, प्रहरीको प्रतिनीधिको सँयुक्त मुचुल्का उठ्ने गरेको बताउँदै यसमा विवादको कुनै तुक नरहेको बताए ।

(स्रोत: न्युजब्युरो नेपाल)

प्रकाशित : अशोज २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA