हवाई आक्रमणमा परी कम्तीमा ४० घाइते र २३ जना सुडानी नागरिकको मृत्यु JCNEPAL_MEDIA

अशाेज २७,२०८१ / जेसी नेपाल डेस्क

खार्तूम : दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् । हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो, स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

घाईतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर छ : विज्ञप्तिमा भनिएको छ ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन् ।सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौं जना घाइते भएका छन् ।

प्रकाशित : अशाेज २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA