सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा प्रहरीकाे नियन्त्रणमा JCNEPAL_MEDIA

अशाेज २९,२०८१ / जेसी नेपाल संवाददाता

सिरहा : सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए ।

यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले जनाए ।

प्रकाशित : अशाेज २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA