हनी ट्र्यापमा पारी पैसा असुलेको अभियोगमा इन्स्पेक्टर शाहीबिरुद्ध पक्राउ पुर्जी जारी

अशाेज ३०,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी इन्स्पेक्टर बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न ललितपुर अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवलदार सहित चारजना थुनामा छन्। सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्।

प्रकाशित  : असोज ३०, २०८१     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA