जानकी मन्दिरमा कोजाग्रत पर्व आज हुदै JCNEPAL_MEDIA

कार्तिक १,२०८१ / जेसी नेपाल मिडिया

जनकपुरधाम : जानकी मन्दिरमा कोजाग्रत पर्व आज हुने भएको छ । दुई दिवसीय कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइँदैछ ।

मुख्यत नवविवाहित पुरुष र महिलाका लागि कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व महत्व रहेको छ । दुल्ही पक्षबाट दुल्हा पक्षको घरमा भार पठाइन्छ । त्यसपछि बेहुलाको चुमाओन गरी भोजभतेरको आयोजन समेत गरिने चलन रहेको छ ।

मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातीकारूपमा प्रसिद्ध मानिने गरिन्छ । कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने धार्मिकविश्वास रहेको छ । सो पर्वमा घरको आँगनमा अष्टदल अरिपन समेत दिइन्छ । अरिपन माथि डालासहितका सामग्री राखिन्छ भने विशेष मन्त्र उच्चारण गर्दै दुर्वा अक्षत दिइने गरिन्छ । भोजभतेरपछि पान र मखान बाड्ने गरिन्छ ।

गृहस्थ परिवारमा कोजाग्रस्त बुधबार मनाइए पनि जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा बिहीबार मनाइने छ ।

प्रकाशित : कार्तिक १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA