जानकी मन्दिरमा कोजाग्रत पर्व आज हुदै JCNEPAL_MEDIA

कार्तिक १,२०८१ / जेसी नेपाल मिडिया

जनकपुरधाम : जानकी मन्दिरमा कोजाग्रत पर्व आज हुने भएको छ । दुई दिवसीय कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइँदैछ ।

मुख्यत नवविवाहित पुरुष र महिलाका लागि कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व महत्व रहेको छ । दुल्ही पक्षबाट दुल्हा पक्षको घरमा भार पठाइन्छ । त्यसपछि बेहुलाको चुमाओन गरी भोजभतेरको आयोजन समेत गरिने चलन रहेको छ ।

मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातीकारूपमा प्रसिद्ध मानिने गरिन्छ । कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने धार्मिकविश्वास रहेको छ । सो पर्वमा घरको आँगनमा अष्टदल अरिपन समेत दिइन्छ । अरिपन माथि डालासहितका सामग्री राखिन्छ भने विशेष मन्त्र उच्चारण गर्दै दुर्वा अक्षत दिइने गरिन्छ । भोजभतेरपछि पान र मखान बाड्ने गरिन्छ ।

गृहस्थ परिवारमा कोजाग्रस्त बुधबार मनाइए पनि जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा बिहीबार मनाइने छ ।

प्रकाशित : कार्तिक १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA