आज जानकी मन्दिरमा कोजाग्रतकाे अवसरमा महोत्तरीबाट १ सय १ भार ल्यायो JCNEPAL_MEDIA

कार्तिक १,२०८१ / जेसी नेपाल मिडिया

जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसरमा प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ भार जानकी मन्दिरमा ल्याइएको छ ।

महोत्तरीको रतौलीका स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ । भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपडा ल्याइएको छ ।

रतौलीबाट जानकी मन्दिरमा भार ल्याउने परम्परा सयौं साल देखि चल्दै आइरहेको छ । कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

यसअघि गतराति मिथिलाञ्चलको घर घरमा कोजाग्रत पर्व मनाइएको थियो । मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकैदिन कोजाग्रत पर्व मनाउने परम्परा रहेपनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व मनाइएको हो ।

प्रकाशित : कार्तिक १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA