प्रचण्डको आह्वानमा रविसहित विपक्षी दलको बैठक जारी JCNEPAL_MEDIA

कार्तिक २,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी छ।

समसामयिक राजनीतिक विषयका साथै बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको माओवादी निकट स्रोतले जनाएको छ।

जारी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसहित रास्वपा अध्यक्ष रवि लामिछाने, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत, स्वर्णिम वाग्लेलगायत सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति बृतमा छुट्टै खालको बहस उब्जिएको छ। सो बैठकमा पनि उक्त विषयलाई केन्द्रमा राखिएको स्रोतले जनाएको छ।

साथै बैठकमा प्रधानमन्त्री ओली सरकारको ९० दिनको समीक्षासमेत गरिने बताइएको छ। यता, पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको जनाइएको छ।

प्रकाशित: २ कार्तिक २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA