एमाले विधेयक लियाएर साना दललाई टुक्रयाई आफ्नो दलमा जोड्ने खेलमा छ : कोइराला JCNEPAL_MEDIA

कार्तिक ४,२०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : नेपाली कांग्रेस नेता शेखर कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको बताएका छन् । आइतबार गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै उनले एमालेले केही साना दललाई टुक्रयाउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाए। नेता कोइरालाले केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको कुरा उल्लेख गरे।

यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ। एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउँदा झन अस्थिरता हुने देखिन्छ, उनले भने, धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन्। साना पार्टी पनि अन्यमा मिसिने छन्। कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ। सो अवसरमा बोल्दै उनले संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको कथन गरे ।

दलसम्बन्धी ऐन ल्याएर एमाले ठूलो पार्टी बन्ने दाउमा रहेको उनको आशंका थिय‍ो । ‘म यसै हो भन्न सक्दिनँ। तर सञ्चार क्षेत्रमा आएको कुरा हेर्ने हो भने एमालेले ल्याउन प्रयास गरिरहेको दलसम्बन्धी ऐन कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन : उनले भने । नेता कोइरालाले हालको गठबन्धनले मुलुकमा सुशासन, स्थिरता र जनअपेक्षाअनुसार काम गर्न नसकेको धारणा राखेका छन्। राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि गठबन्धन भएको तर, दलसम्बन्धी विधेयकले कतै प्रश्नचिन्ह खडा गरिदिएको उनको भनाइ थियो ।

जुन सोचका लागि सरकार अघि बढ्नुपर्ने त्यसअनुरुप हिँड्न नसकेको उनको भनाइ थियो। साथै उनले कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरे। फरक प्रसंगमा नेता कोइरालाले रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा प्रत्यक्ष संलग्न भएको बताउँदै कानुनी प्रक्रिया अघि बढेको बताए।

प्रकाशित: कार्तिक ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA