गर्लफ्रेण्डलाई भेटन नदिएको निहुमा पाँच जना मिलेर आफ्नै साथीको गरे हत्या : सिरहा

कार्तिक ५,२०८१ / जेसी नेपाल मिडिया

गर्लफ्रेण्डलाई भेटन नदिएको निहुमा पाँच जना मिलेर आफ्नै साथीको हत्या गरेका छन ।

सिरहामा एक युवकले आफ्नो गर्लफ्रेण्ड (केटी साथी) लाई भेटन नदिएको निहुँमा पाँच जना मिलेर हत्या गरेको खुलेको छ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १३ स्थित बस्ने २१ बर्षिय कृष्ण कुमार महरालाई उनकै पाँच जना साथी मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

महराको शव सुखीपुल नगरपालिका वडा नम्बर १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो । प्रहरीको अनुसन्धानमा सँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए । डीएसपी पासवानका अनुसार सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गए । उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरे ।

त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले स्वीकारेनन् । प्रहरीका अनुसार सोही विषयका उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा हत्या योजना बनाए ।

पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए । अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले

अनुसन्धान गर्दै जाँदा आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

प्रकाशित: कार्तिक ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमाले विधेयक लियाएर साना दललाई टुक्रयाई आफ्नो दलमा जोड्ने खेलमा छ : कोइराला JCNEPAL_MEDIA

ठगी मुद्दामा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ

विद्युतीय बारमा करेन्ट लागेर दुई बालिका घाइते ,एककाे मृत्यु JCNEPAL_MEDIA

प्रचण्डको आह्वानमा रविसहित विपक्षी दलको बैठक जारी JCNEPAL_MEDIA

कोशी प्रदेशमा ४४ जनाको उद्धार : मेची–महाकाली उद्धार यात्रा JCNEPAL_MEDIA

आज जानकी मन्दिरमा कोजाग्रतकाे अवसरमा महोत्तरीबाट १ सय १ भार ल्यायो JCNEPAL_MEDIA