बालिका बलात्कार आरोपित दुई जना सशस्त्र प्रहरी पक्राउ : दाङ

कार्तिक ९,२०८१ / जेसी नेपाल संवाददाता

दाङ : दुई बालिका बलात्कारको आरोपमा भालुबाङमा दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् ।

दसैंका अवसरमा सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको पिङ खेल्न पुगेका दुई बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि २९ नम्बर ज्वालामाई गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगरलाई पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई प्रहरीले बलात्कार गरेको जाहेरी परेपछि बुधबार पक्राउ गरिएको हो । उनीहरूलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीले बलात्कार गरेको भन्दै स्थानीयले गण घेराउ तथा प्रदर्शन गरेका थिए ।

लामो समय स्थानीयले दबाब दिएपछि सशस्त्र प्रहरीले बुधबार आफैं आरोपितलाई प्रहरीको जिम्मा लगाएको हो ।

प्रकाशित: कार्तिक ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA