धनुषाको ईलाका प्रहरी कार्यालय यदुकोहा तस्करी गराउदै

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता

ईलाका प्रहरी कार्यालय यदुकोहा धनुषाको अन्तर्गत रहेको चोराकोयलपुर चौकीले तस्करसँगकाे मिलोमतोमा तस्करी गराई रहेका छन ।

अहिले लक्ष्मी पुजा ,छठ पर्व नजिकदै गएको वेला तस्करहरु संग मिलेर रकम उठाउदै गरेको रहस्य स्रोत बाट खुलेको छ ।

ईलाका प्रहरी कार्यालय यदुकूहाको सेटिङ्गमा प्रहरीकै मुख्य तस्कर प्रहरी चौकी चोराकोयलपुरको इन्चार्ज असैई शम्भु साहको मिलोमतोमा उक्त नगरमा तस्करी गराउदै एक तस्करले बताए। शम्भु साह असैईले तस्करहरु संग मिलेर रकम उठाउदै र उक्त रकम ईलाका देखि जिल्ला सम्म दिने गरेको बुझिएको छ ।

यता शम्भु साहले चोराकोयलपुरको एरिया भित्रमा विभिन्न मुद्दामा फरार लिस्टमा रहेकोे व्यक्तिहरु संग मिलेर उहाँ संग रकम लिएर फरार व्यक्तिहरु लाई संरक्षणमा दिएको तथ्य हरु पनि सार्वजनिक भएको छ । यता ईलाका प्रहरी कार्यालय यदुकूहा र जिल्ला प्रहरी कार्यालय धनुषाले मौन देखाएका छन ।

प्रकाशित: कार्तिक ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA