धनुषाको ईलाका प्रहरी कार्यालय यदुकोहा तस्करी गराउदै

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता

ईलाका प्रहरी कार्यालय यदुकोहा धनुषाको अन्तर्गत रहेको चोराकोयलपुर चौकीले तस्करसँगकाे मिलोमतोमा तस्करी गराई रहेका छन ।

अहिले लक्ष्मी पुजा ,छठ पर्व नजिकदै गएको वेला तस्करहरु संग मिलेर रकम उठाउदै गरेको रहस्य स्रोत बाट खुलेको छ ।

ईलाका प्रहरी कार्यालय यदुकूहाको सेटिङ्गमा प्रहरीकै मुख्य तस्कर प्रहरी चौकी चोराकोयलपुरको इन्चार्ज असैई शम्भु साहको मिलोमतोमा उक्त नगरमा तस्करी गराउदै एक तस्करले बताए। शम्भु साह असैईले तस्करहरु संग मिलेर रकम उठाउदै र उक्त रकम ईलाका देखि जिल्ला सम्म दिने गरेको बुझिएको छ ।

यता शम्भु साहले चोराकोयलपुरको एरिया भित्रमा विभिन्न मुद्दामा फरार लिस्टमा रहेकोे व्यक्तिहरु संग मिलेर उहाँ संग रकम लिएर फरार व्यक्तिहरु लाई संरक्षणमा दिएको तथ्य हरु पनि सार्वजनिक भएको छ । यता ईलाका प्रहरी कार्यालय यदुकूहा र जिल्ला प्रहरी कार्यालय धनुषाले मौन देखाएका छन ।

प्रकाशित: कार्तिक ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA