रानीवनबाट पेस्तोलसहित सेनाका सिपाही पक्राउ : काठमाडौं

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौंको रानीवनबाट पेतस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्।

शनिबार साढे ९ बजे नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।

उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो। उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो।

गोली भने फेला परेको थिएन। उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: कार्तिक ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA