रानीवनबाट पेस्तोलसहित सेनाका सिपाही पक्राउ : काठमाडौं

कार्तिक ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौंको रानीवनबाट पेतस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्।

शनिबार साढे ९ बजे नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।

उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो। उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो।

गोली भने फेला परेको थिएन। उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: कार्तिक ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA