महोत्तरीकाे दनाैलिमा महिलाको शव फेला- JCNEPAL_MEDIA

कार्तिक १२,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरीमा सोमबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकै रहेको डिलमा एक महिलाको शव फेला परेको हो ।

महोत्तरी प्रहरीका अनुसार अनुहार जलाइएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय महिलाको शव फेला परेको हो । तर उनको पहिचान भन्ने अहिलेसम्म खुल्न नसकेको महोत्तरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए । उनका अनुसार कालो लेगिज र हल्का पहेँलो रङ्गको कुर्थी लगाएकी महिलाको शव आँप बगैँचाको आलिमा भेटिएको छ ।

जलाएर हत्या गरेको हुनसक्ने महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक जयसवारको आंकलन छ । प्रहरीका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।

मृतकको पहिचान खुल्न नसकेपछि अनुसन्धानमा सहजताका लागि कुकुरको समेत परिचालन गरिएको महोत्तरी प्रहरीले जनाएको छ । यस्तै सो शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ ।

प्रकाशित : कार्तिक १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA