महोत्तरीकाे दनाैलिमा महिलाको शव फेला- JCNEPAL_MEDIA

कार्तिक १२,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरीमा सोमबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्लाको पिपरा गाउँपालिका– ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकै रहेको डिलमा एक महिलाको शव फेला परेको हो ।

महोत्तरी प्रहरीका अनुसार अनुहार जलाइएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय महिलाको शव फेला परेको हो । तर उनको पहिचान भन्ने अहिलेसम्म खुल्न नसकेको महोत्तरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए । उनका अनुसार कालो लेगिज र हल्का पहेँलो रङ्गको कुर्थी लगाएकी महिलाको शव आँप बगैँचाको आलिमा भेटिएको छ ।

जलाएर हत्या गरेको हुनसक्ने महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक जयसवारको आंकलन छ । प्रहरीका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाको आधारमा महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।

मृतकको पहिचान खुल्न नसकेपछि अनुसन्धानमा सहजताका लागि कुकुरको समेत परिचालन गरिएको महोत्तरी प्रहरीले जनाएको छ । यस्तै सो शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ ।

प्रकाशित : कार्तिक १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA