भरुवा बन्दुकसहित हिडिरहेका तीन जना पक्राउ - JCNEPAL_MEDIA

कार्तिक १२,२०८१ / जेसी नेपाल संवाददाता

बर्दिया : भरुवा बन्दुकसहित हिडिरहेका तीन जना लाई बर्दिया प्रहरीले पक्राउ गरेका छन ।अवैधरुपमा एक थान भरुवा बन्दुकसहित कार्टिज लिई कोठिया सामुदायिक वनमा हिँडिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति चोरी सिकार गर्ने उद्देश्यले आएका अन्य केही फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्तीमगरले राजापुर नगरपालिका–१० का ६३ वर्षीय चन्द्र बहादुर भण्डारी, सोही ठाउँका ३८ वर्षीय शुकुम राज चौधरी र राजापुर–१० कर्मनीका ५६ वर्षीय श्याम कुमार गौतमलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई मधुवन नगरपालिका–३ नेपाल-भारत सिमाना नजिक रहेको कोठिया सामुदायिक वनबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट भरुवा बन्दुक, एक थान कार्टिज, एक थान टर्च र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA