भरुवा बन्दुकसहित हिडिरहेका तीन जना पक्राउ - JCNEPAL_MEDIA

कार्तिक १२,२०८१ / जेसी नेपाल संवाददाता

बर्दिया : भरुवा बन्दुकसहित हिडिरहेका तीन जना लाई बर्दिया प्रहरीले पक्राउ गरेका छन ।अवैधरुपमा एक थान भरुवा बन्दुकसहित कार्टिज लिई कोठिया सामुदायिक वनमा हिँडिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति चोरी सिकार गर्ने उद्देश्यले आएका अन्य केही फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्तीमगरले राजापुर नगरपालिका–१० का ६३ वर्षीय चन्द्र बहादुर भण्डारी, सोही ठाउँका ३८ वर्षीय शुकुम राज चौधरी र राजापुर–१० कर्मनीका ५६ वर्षीय श्याम कुमार गौतमलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई मधुवन नगरपालिका–३ नेपाल-भारत सिमाना नजिक रहेको कोठिया सामुदायिक वनबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट भरुवा बन्दुक, एक थान कार्टिज, एक थान टर्च र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA