निर्मला कुर्मीको न्याय माग्दै,रुबी खान समूहद्वारा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन- JCNEPAL_MEDIA

कार्तिक १२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएकामा सोमबार कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै उनीहरुले कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

रुबी खानले निर्मला कुर्मीको न्यायका लागि आफूहरुले यस्तो कदम चालेको बताइन् । खानले आफूहरुको माग अदालतमा मुद्दा पुग्नुपर्ने रहेको बताइन् । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । तर सरकारले यस विषयमा थप अनुसन्धान गरेको छैन ।

प्रकाशित : कार्तिक १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA