धनुषा ट्राफीकको बिद्यार्थी लक्षीत सचेतना कार्यक्रम JCNEPAL_MEDIA

कार्तिक १३,२०८१ / जेसी नेपाल संवाददाता

धनुषामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित सचेतना कार्यक्रम संचालन गरेका छन ।

धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षालाई ध्यानमा राखेर विद्यालयहरुमा सचेतना कार्यक्रम संचालन गरेका छन ।

यसमा विद्यालय तथा कलेजमै पुगेर सडक सुरक्षा, ट्राफिक नियमलगायत विषयमा विद्यार्थीलाई अभिमुखीकरण गर्ने गरिएको कार्यालय प्रमुख हरी वलीले जानकारी गराएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न संघ संस्थाहरू सँग मिलेर यस्तो कार्यक्रम गर्न लागेका हुन्। रिजनल इंग्लिश ल्याङ्गुवेज, एक्सेस अलुमिनी, सिटीजेन लाईफ इन्स्योरेन्स लगायत विभिन्न संघ संस्थाहरु संग सहकार्य गरेर सवारी दुर्घटना रोकथाम र न्यूनिकरणको लागि विद्यार्थीहरूलाई ट्राफिक प्रशिक्षणमा खटाउने उद्देश्यका साथ जनकपुरस्थित बिभिन्न स्कुलका विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धि प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्।

सरकारी तथा निजी विद्यालयहरुमा यस अभियानलाई निरन्तर जारी राखिने प्रहरी निरीक्षक वली बताउँछन्। हाल सम्म श्री माध्यमिक बिद्यालय, एरे इन्टरनेसनल, हिमाली इंग्लिश स्कुलमा कार्यक्रम गरिएको र पछि अरु पनि थुप्रै विद्यालयहरुमा गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख हरी वलीले जनाएका छन् । साथै , खास गरेर समुदायीक स्कुलहरूमा गएर कार्यक्रम संचालन गर्नु देखिएको छ ।

प्रकाशित : कार्तिक १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA