मुटुकाे उपचार सुविधा सातै प्रदेशमा पुर्याउने मन्त्रालयको लक्ष्य JCNEPAL_MEDIA

कार्तिक १३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सातै प्रदेशमा मुटु उपचार सुविधा पुर्याउने स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत कोशी प्रदेश सरकार अन्तर्गतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न निश्चित अवधिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेका छन ।

अब ,कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपश्चात केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्नेछन ।

केन्द्रलाई स्तरोन्नति गरी त्यस क्षेत्रका मुटु रोगीहरुको उपचार पहुँच बढाउन स्वास्थ्य मंत्रीले निरन्तर प्रयास गरिरहेका थिए । मंत्रालयकाे सोच र प्रयासमा साथ दिने कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई प्रति स्वास्थ्य मंत्री प्रदिप पाैडेलले आभार व्यक्त गरेका छन ।

प्रकाशित : कार्तिक १३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA