रवि लामिछाने थुनाको बसाइ अझै लम्बिन सक्ने JCNEPAL_MEDIA

कार्तिक १४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सहकारी ठगी प्रकरणका सम्बन्धमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको थुनाको बसाइ 'थप लम्बिने देखिएको' प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बीबीसीलाई बताएअनुसार "अहिलेको म्याद सकिएपछि तिहार पर्वको सार्वजनिक बिदाका कारण तत्काल अर्को म्याद थपिन नमिल्ने" भएकोले लामिछाने अझ थुनामै बस्नुपर्ने भएको हो।

थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अदालतबाट दोस्रो पटक पाएको म्याद भोलि बुधवार सकिँदै छ। “कानुनी रूपमै भोलिसम्म थुनामा राख्न पाउने म्याद हामीसँग छ। तर १५ गतेबाट सार्वजनिक बिदा भएकोले अदालत खुलेपछि मात्रै हामी म्याद थपका लागि जान्छौँ,” शर्माले जेसीनेपाल मिडिया सँग भने ।

प्रकाशित : कार्तिक १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA