लम्सालकाे नाम संसदीय सुनुवाइ समितिको बैठक बाट अनुमोदन : बेल्जियमको राजदूत

कार्तिक १४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई सर्वसम्मत बेल्जियमका लागि राजदूत अनुमोदन गरेको छ ।

अनुमोदित हुनुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले उनलाई ‘देशको हितमा काम गर्न सक्नुहुन्छरु’ भनेर सोधेका थिए । जवाफमा लम्सालले आफूसँग भूराजनीतिमा काम गरेको अनुभव रहेको भन्दै देशको लागि मिल्ने कुरा गरेर देखाउने बताइन् । साथै उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

यस क्रममा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् । भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्साललाई सिफारिस गरेको थियो । उनलाई मन्त्रिपरिषदले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेको थियो ।

उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गर्नेछन् ।

प्रकाशित : कार्तिक १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA