लम्सालकाे नाम संसदीय सुनुवाइ समितिको बैठक बाट अनुमोदन : बेल्जियमको राजदूत

कार्तिक १४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई सर्वसम्मत बेल्जियमका लागि राजदूत अनुमोदन गरेको छ ।

अनुमोदित हुनुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले उनलाई ‘देशको हितमा काम गर्न सक्नुहुन्छरु’ भनेर सोधेका थिए । जवाफमा लम्सालले आफूसँग भूराजनीतिमा काम गरेको अनुभव रहेको भन्दै देशको लागि मिल्ने कुरा गरेर देखाउने बताइन् । साथै उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

यस क्रममा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् । भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्साललाई सिफारिस गरेको थियो । उनलाई मन्त्रिपरिषदले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेको थियो ।

उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गर्नेछन् ।

प्रकाशित : कार्तिक १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA