भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक विवेक देवरोयको निधन

कार्तिक १६,२०८१ / जेसी नेपाल संवाददाता

रचना झा / भारत -मुम्बई

भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ । उनी भारतीप प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए ।

आन्द्रा बन्द भएको कारण शुक्रबार उनको निधन भएको एडीटीभीले उल्लेख गरेको छ । उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए । बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरु दुवैमा दख्खल राख्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुअघि उनले नीति आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।

आयोगमा रहँदा उनले भारतीय रेलवेलाई आधुनिकीकरण गर्न भूमिका निर्वाह गरेका थिए । पूर्वीय साहित्यलाई अंग्रजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए ।

महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीतिक, अध्यात्मलगायत क्षेत्रमा उनी पारङ्‍गत रहेको बताएका छन् । आफ्ना काममार्फत रेवरोयले भारतको प्राज्ञिक क्षेत्रमा अमिट छाप छोडेको पनि उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

राजनिक नीतिमा योगदान गर्नुका अलावा उनले प्राचीन ग्रन्थहरूलाई युवाहरूको पहुँचमा पुर्‍याएको पनि मोदीले उल्लेख गरेका छन् । सुशासन र नीति निर्माणमा देवरोयको योगदान विशाल रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले उल्लेख गरेका छन् ।

प्रकाशित : कार्तिक १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA