भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक विवेक देवरोयको निधन

कार्तिक १६,२०८१ / जेसी नेपाल संवाददाता

रचना झा / भारत -मुम्बई

भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ । उनी भारतीप प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए ।

आन्द्रा बन्द भएको कारण शुक्रबार उनको निधन भएको एडीटीभीले उल्लेख गरेको छ । उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए । बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरु दुवैमा दख्खल राख्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुअघि उनले नीति आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।

आयोगमा रहँदा उनले भारतीय रेलवेलाई आधुनिकीकरण गर्न भूमिका निर्वाह गरेका थिए । पूर्वीय साहित्यलाई अंग्रजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए ।

महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीतिक, अध्यात्मलगायत क्षेत्रमा उनी पारङ्‍गत रहेको बताएका छन् । आफ्ना काममार्फत रेवरोयले भारतको प्राज्ञिक क्षेत्रमा अमिट छाप छोडेको पनि उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

राजनिक नीतिमा योगदान गर्नुका अलावा उनले प्राचीन ग्रन्थहरूलाई युवाहरूको पहुँचमा पुर्‍याएको पनि मोदीले उल्लेख गरेका छन् । सुशासन र नीति निर्माणमा देवरोयको योगदान विशाल रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले उल्लेख गरेका छन् ।

प्रकाशित : कार्तिक १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA