हात्तीलकाे आक्रमण बाट एक महिलाको मृत्यु

कार्तिक १६,२०८१ / जेसी नेपाल संवाददाता

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए अनुसार शुक्रबार बिहान फतुवा बिजयपुर–११ रागी बुटुवा बस्ने ७० बर्षीया पातली माया तामाङलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अबस्थामा हात्तीको आक्रमणबाट पातली माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणी अधिकारीले जानकारी दिनुभएको छ ।

जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको हो भने उनका श्रीमानले भागेर ज्यान जोगाएका छन् । हात्तीले पातलीमायाको घर पूर्णरुपमा क्षति गरेको छ । उनको घर सँगैको अर्को घरलाईसमेत क्षति पुर्याएको अधिकारीले बताए ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँमा पुगेका थिए ।

प्रकाशित : कार्तिक १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA