हात्तीलकाे आक्रमण बाट एक महिलाको मृत्यु

कार्तिक १६,२०८१ / जेसी नेपाल संवाददाता

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए अनुसार शुक्रबार बिहान फतुवा बिजयपुर–११ रागी बुटुवा बस्ने ७० बर्षीया पातली माया तामाङलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अबस्थामा हात्तीको आक्रमणबाट पातली माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणी अधिकारीले जानकारी दिनुभएको छ ।

जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको हो भने उनका श्रीमानले भागेर ज्यान जोगाएका छन् । हात्तीले पातलीमायाको घर पूर्णरुपमा क्षति गरेको छ । उनको घर सँगैको अर्को घरलाईसमेत क्षति पुर्याएको अधिकारीले बताए ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँमा पुगेका थिए ।

प्रकाशित : कार्तिक १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA