पाल्पामा नेपाल संवत्‌को स्वागतमा निकाले र्‍याली

कार्तिक १७,२०८१ / जेसी नेपाल संवाददाता

पाल्पा : पाल्पामा नेपाल संवत्‌को स्वागतमा र्‍याली निकालेका छन । नेपाल संवत् ११४५ को अवसरमा शनबिार पाल्पाको तानसेन, रामपुरलगायतका स्थानमा र्‍याली निकालिएको छ ।

तानसेन बजारमा नेवार समुदायले धिमेबाजासहित र्‍याली निकाले । नेवा गुठी, पासा खःल लगायतका विभिन्न नेवारी संघसंस्थाले राखेको कार्यक्रममा प्रतनिधिसिभा सदस्य ठाकुर गैरेले नेपाल संवत् सबै नेपालीहरूको संवत् भएको र यसलाई अहिले कामकाजमै चलाइएको बताएका छन् । पासा खःल तानसेनले टुँडखिेल छेउमा रहेको शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्दै नेपाल संवत्का विशेषताबारे जानकारी गराएको छ ।

तानसेनको टुँडखिेल शंखधर साख्वा चोकबाट धिमे बाजासहित निस्केको र्‍यालीले भिमसेनटोल, नारायणस्थान, असनटोल, सीतलपाटी, टक्सान, सिल्खानटोल, बडिज्ञानटोललगायत नगरका विभिन्न स्थानमा परिक्रमा गरेको थियो । धिमे बाजा खःल तानसेन टक्सारको धिमेबाजा आकर्षण बन्यो । पाल्पाकै रामपुर, आर्यभन्ज्याङ्ग, हार्थोकलगायत ग्रामीण भेगमा बसोबास गर्ने नेवार समुदायले पनि नेपाल संवत्‌को स्वागतमा विभिन्न कार्यक्रम गरेको नेवा गुठी पाल्पाका अध्यक्ष प्रकाश गंगोलले जानकारी दिए ।

शनिबार बिहानैदेखि तानसेनमा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । टक्सारस्थित महाचैत्य विहारमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यसैगरी कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार नेवार समुदायमा म्हः पूजा पनि गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा गर्ने गर्छन् ।

मानिसको आत्मा नै ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको पासा खःल तानसेनका अध्यक्ष देवेन्द्रमान शाक्यले बताए ।

प्रकाशित : कार्तिक १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA