पाल्पामा नेपाल संवत्‌को स्वागतमा निकाले र्‍याली

कार्तिक १७,२०८१ / जेसी नेपाल संवाददाता

पाल्पा : पाल्पामा नेपाल संवत्‌को स्वागतमा र्‍याली निकालेका छन । नेपाल संवत् ११४५ को अवसरमा शनबिार पाल्पाको तानसेन, रामपुरलगायतका स्थानमा र्‍याली निकालिएको छ ।

तानसेन बजारमा नेवार समुदायले धिमेबाजासहित र्‍याली निकाले । नेवा गुठी, पासा खःल लगायतका विभिन्न नेवारी संघसंस्थाले राखेको कार्यक्रममा प्रतनिधिसिभा सदस्य ठाकुर गैरेले नेपाल संवत् सबै नेपालीहरूको संवत् भएको र यसलाई अहिले कामकाजमै चलाइएको बताएका छन् । पासा खःल तानसेनले टुँडखिेल छेउमा रहेको शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्दै नेपाल संवत्का विशेषताबारे जानकारी गराएको छ ।

तानसेनको टुँडखिेल शंखधर साख्वा चोकबाट धिमे बाजासहित निस्केको र्‍यालीले भिमसेनटोल, नारायणस्थान, असनटोल, सीतलपाटी, टक्सान, सिल्खानटोल, बडिज्ञानटोललगायत नगरका विभिन्न स्थानमा परिक्रमा गरेको थियो । धिमे बाजा खःल तानसेन टक्सारको धिमेबाजा आकर्षण बन्यो । पाल्पाकै रामपुर, आर्यभन्ज्याङ्ग, हार्थोकलगायत ग्रामीण भेगमा बसोबास गर्ने नेवार समुदायले पनि नेपाल संवत्‌को स्वागतमा विभिन्न कार्यक्रम गरेको नेवा गुठी पाल्पाका अध्यक्ष प्रकाश गंगोलले जानकारी दिए ।

शनिबार बिहानैदेखि तानसेनमा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । टक्सारस्थित महाचैत्य विहारमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यसैगरी कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार नेवार समुदायमा म्हः पूजा पनि गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा गर्ने गर्छन् ।

मानिसको आत्मा नै ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको पासा खःल तानसेनका अध्यक्ष देवेन्द्रमान शाक्यले बताए ।

प्रकाशित : कार्तिक १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेस प्रदेश सरकारले नातेदारलाई प्रवर्द्धन बोर्डको अध्यक्षमा गरे नियुक्त : JCNEPAL MEDIA

अध्यागमनमा दरबन्दीभन्दा बढी कर्मचारी, तत्काल व्यवस्थापन नगरे सुशासनको कारबाही : प्रधानमन्त्री JCNEPAL MEDIA

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला : बालकोट JCNEPAL MEDIA