विरगञ्ज महानगरपालिकामा जसपाका चियापान समारोह सम्पन्न

कार्तिक १७,२०८१ / जेसी नेपाल संवाददाता

विरगञ्ज महानगरपालिकामा जसपाका चियापान समारोह कार्यक्रम सम्पन्न भएका छन । सल्लाहकार समितिका अध्यक्ष श्री महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानीमंत्री प्रदिप यादव प्रमुख अतिथि रहेका थिए ।

जनता समाजवादी पार्टी (जसपा), वीरगञ्ज महानगरपालिका, वडा नम्बर १९ एकाइ कमिटीद्वारा आयोजित बडादसैँ, दीपावली, नेपाल संवत् ११४५ र महापर्व छठको शुभकामना आदान प्रदान कार्यक्रममा नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति थियो । महान् चाडपर्वहरूको यस शुभ अवसरमा सम्पूर्ण कार्यक्रममा मंत्री यादवले देशवासीलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए ।

उनले यी चाडहरूले हाम्रा समाजमा भाइचारा, एकता र सहिष्णुताको भावना थप सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने कामना गर्दछु , भनेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख श्री राजेशमान सिंहज्यू तथा जिल्ला सदस्यहरू श्री हिरालाल यादवज्यू, श्री उपेन्द्र राय भरज्यू, श्री सुरेन्द्र लाल साहज्यू, क्षेत्र नम्बर २ का सचिव श्री अमित यादवज्यू, एकाइ उपाध्यक्ष श्री असर्फी महतोज्यू, सचिव श्री रामअसिस यादवज्यूलगायत गरिमामय उपस्थिति रहेको थियो ।

साथै, वडा सदस्यहरू श्री उपेन्द्र यादवज्यू, श्री बिनोद चौरसियाज्यू, श्री सुरसती देविज्यू, श्री माया कोईरीज्यू, पूर्व वडा सदस्य श्री लोटन महतो कोईरीज्यू, श्री मोहम्मद मुस्तुफाज्यू, श्री रामप्रवेस चौरसियाज्यू, श्री नरेश यादवज्यू, श्री जितेन्द्र यादवज्यू, श्री दिनेश साह कलवारज्यूलगायतका नेताहरूको सहभागिताले कार्यक्रमको महत्वलाई थप बढाएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका आमन्त्रित स्थानीय नेता श्री शिवनारायण साह कलवार, श्री शिवलाल यादव, विशेष आमन्त्रित श्री अवधलाल यादवसमेत उपस्थिति रहेको थियो ।

प्रकाशित : कार्तिक १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA