मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

माघ २१,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयनमा आएका छनन । सात वर्षअघि आजकै दिन मधेस प्रदेशसभाको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको दिनको स्मरणमा मधेस प्रदेशसभाले प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको छ । प्रदेशसभा स्थापनाको सात वर्ष पूरा भए पनि प्रदेशसभाले गति पाउन सकेको छैन । एकातर्फ मधेस प्रदेशसभाको बैठक सुस्त गतिमा चलिरहेको छ भने अर्कोतर्फ यसले बनाएको अधिकांश कानूनहरु कार्यान्वयनमासमेत आउन सकेको छैन ।

नेकपा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापा प्रदेशसभाको काम कारवाहीप्रति असन्तुष्टि जनाउँछिन् । अधिकांश समय सदन सुचारु हुँदैन । सरकारले भन्छ विजनेश छैन् । हामीलाई फिल्डमा जाँदा समस्या हुन्छ, सम्बोधन गर्ने प्रदेशसभाखुलेको हुँदैन, कहाँगएर हामीजनताको सरोकारको विषयहरु सम्बोधन गर्ने ? सन्तुष्ट हुने अवस्था छैन् : उनले भनिन् । थापाले प्रदेशसभाबाट बनेको कानून सम्बन्धमा जनतालाई थाहा समेत नरहेको बताउँछिन् । हामी एउटा कोठामा बसेर कानून निर्माण गर्छौं । कोठामा बसेको कानूनले फिल्डका जनताले थाहा पाएनन् कानून बनेको छ : उनी अगाडि भनिन् । तपाईहरूलाई कानून बनाइदिउँ भनेर न हामी भन्न जान्छौँ, न उहाँहरू सोध्नुहुन्छ । न कानूनी प्रक्रियाको गतिविधि त्यो खालको छ ।

त्यो कानूनी प्रक्रिया नै अलि कमजोर छ । सांसद थापाले कानून निर्माण गर्दा सम्बन्धीत व्यक्तिसँग सुझावसमेत संकलन गर्ने नगरिएको बताइन् । नेकपा एकीकृत समाजवादी पार्टीका सांसदन रत्नेश्वर गोइतले प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशसभाको गति सन्तोषजनक रहेको बताए । उनले प्रदेशसभाको गति जुन हिसाबले हुनुपर्ने थियो त्यस अनुसार नभए पनि निराश हुने अवस्था नरहेको बताए । यसलाई बुस्ट गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनले भने, बुस्टअप दुई तीनवटा कुराले हुन्छ । एउटा सरकारको नेतृत्वबाट, ठिक समयमाकामलाई सम्पादन गर्ने, ठिक समयमा बाधाअड्चनलाई फुकाउने र ठिकठिक समयमा आवश्यक परेको विधेयक कानूनहरु निर्माण गरेर जनतालाई दिने र बेलाबेलामा जनताको भावना बुझ्नलाई जानुपर्छ । तर त्यो एकदम कम छ । यस्तै, जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशिष यादवले पहिलो कार्यकालमा प्रदेशसभाको गति राम्रो रहे पनि दोस्रो कार्यकालमा त्यस्तो नरहेको बताए ।

उनले भने, पहिलो कार्यकालमा नयाँ उमंगका साथ आएको थियो । त्यतिबेला राजनीतिक समिकरणमा पनि मधेशवादी दल पनि मजबुत अवस्थामा थियो । त्यतिखेर संघीयताको स्थापनाकालको विषयमा कानून बनाउनेदेखि लिएर गतिशिल लाग्थ्यो । तर दोस्रो कार्यकालमा अलि सुस्त देखिन्छ । अब त्यो सुस्त हुनुको कारण हो सरकारले प्रदेशसभालाई बिजनेश दिने तर सरकारले बिजनेश दिन सकेको छैन् । प्रमुख सचेतक यादवले सरकारले एकातर्फ विकासे बजेट खर्च गर्न नसकिरहेको र अर्को तर्फ प्रदेशसभालाई गतिशिल गर्नका लागि बिजनेशसमेत दिन नसकिरहेको टिप्पणी गरे । उनले बनेको कानून कार्यान्वयनका लागि नियमावली, निर्देशिका बनाउनु पर्नेमा अहिलेको सरकारले त्यो पनि बनाउन नसकेको आरोप लगाए ।

* सात वर्षमा ३२२ बैठक

मधेस प्रदेशसभाको सात वर्षको अवधिमा कुल ३२२ वटा बैठक मात्र बसेको छ । सात वर्षमा २ हजार ५५५ दिन भएकोमा ३ सय २२ दिन मात्र बैठक चलेको हो । यस हिसाबले प्रदेशसभाको बैठक औषतमा प्रत्येक ८ दिनमा एक पटक बस्ने गरेको छ । मधेस प्रदेशसभाको सचिवालयका अनुसार यस सात वर्षको अवधिमा प्रदेशसभामा ४ सय ६८ घण्टा २५ मिनेट बैठक चलेको हो । प्रदेशसभामा कुल ३ सय २२ वटा बैठक बसेकाले औषतमा डेढ घण्टाभन्दा पनि कम बैठक बस्ने गरेको हो । प्रदेशसभाका प्रवक्ता विपिन ठाकुरका अनुसार प्रदेशसभाको पहिलो ५ वर्षमा ९ वटा अधिवेशनमा २२६ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १५ मिनेट बैठक चलेको थियो ।

यस्तै, प्रदेशसभाको दोस्रो कार्यकालमा चारवटा अधिवेशनमा ९६ वटा बैठक बस्दा प्रदेशसभा १ सय ५७ घण्टा १० मिनेट सञ्चालन भएको हो ।प्रदेश सभाको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएर ऐन बन्दा दोस्रो कार्यकालमा संशोधनसहितका १६ वटा विधेयक दर्ता हुँदा १२ वटा पारित भएको प्रवक्ता ठाकुरले बताए । यस्तै, दुई वटा विधेयक समितिमा विचाराधीन छ भने एउटामाथि सदनमा छलफल चलिरहेको छ । यस अवधिमा प्रदेशको कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल नहुँदै प्रदेश सरकारले फिर्ता लिएको छ ।

मधेस प्रदेशसभामा यस सात वर्षको अवधिमा मधेस सरकारले ८ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । यस सातवर्षको अवधिमा तीनजना मधेस प्रदेशको मुख्यमन्त्री बन्दा उनीहरूले ८ पटक प्रदेशसभामा विश्वासको मतको प्रस्तावको सामना गरेका छन् । पहिलो कार्यकालमा तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले दुई पटक विश्वासको मतको सामना गरेका थिए भने प्रदेशसभाको दोस्रो कार्यकालमा सरोजकुमार यादवले पाँच पटक र वर्तमान मुख्मयन्त्री सतिशकुमार सिंहले एक पटक विश्वासको मतको सामना गरेका हुन् ।

प्रकाशित : माघ २१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशमा जसपा नेपाल निर्णायक बनेपछि सत्तामा फर्किन बार्गेनिङ गर्दै छन् : उपेन्द्र यादव JCNEPAL MEDIA

ट्रम्पसँग छलफल गर्न मोदी अमेरिका जादै : JCNEPAL MEDIA

जसपा बैठक चलिरहँदा अध्यक्ष यादवलाई ओली देउवाको फोन वर्ता : JCNEPAL MEDIA

चार पुरुषले एक महिलामाथि एकै पटक करणी गर्नु सामूहिक बलात्कार : सर्वाेच्च अदालत JCNEPAL MEDIA

सरस्वतीपूजा औपचारिकता मात्र नभई नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो: राष्ट्रपति पौडेल JCNEPAL MEDIA

हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ : JCNEPAL MEDIA