नक्कली भुटानी शरणार्थी प्रकरण : एकाबिहानै रिहा भए टोपबहादुर

कार्तिक २६,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

उनी बिहीबार बिहानै डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन् । ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ । रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै कारागारलाई संशोधित कैदीपुर्जी पठाएको थियो । सोहीअनुसार उनी बिहानै रिहा भएको कारागार स्रोतले जनाएको छ ।

उनी २०८० वैशाख २० मा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० मा उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित : कार्तिक २६,२०८३                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA