मोटरसाइकल र स्कुटर ठोक्किंदा दुवै चालकको मृत्यु : ललितपुर

जेष्ठ १९,२०८१/ जेसी नेपाल संवाददाता

ललितपुरकाे इमाडाेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको र मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लोकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पुर्‍याइएको थियो। उनको पनि उपचारका क्रममा आज बिहान ६:२५ बजे मृत्यु भएको हाे।

गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडाेलकाे  टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए। दुर्घटनाबारे अनुसन्धान भैइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित : जेष्ठ १९, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA