मोटरसाइकल र स्कुटर ठोक्किंदा दुवै चालकको मृत्यु : ललितपुर

जेष्ठ १९,२०८१/ जेसी नेपाल संवाददाता

ललितपुरकाे इमाडाेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको र मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लोकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पुर्‍याइएको थियो। उनको पनि उपचारका क्रममा आज बिहान ६:२५ बजे मृत्यु भएको हाे।

गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडाेलकाे  टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए। दुर्घटनाबारे अनुसन्धान भैइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित : जेष्ठ १९, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA