भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रोपटक शपथ JCNEPAL_MEDIA

जेष्ठ २७,२०८१/ जेसी नेपाल मिडिया

आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच राष्ट्रपति द्रौपडी मुर्मूसामु मोदीले प्रधानमन्त्रीको शपथ लिएका हुन्। शुक्रबार राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएपछि मोदी प्रधानमन्त्रीमा नियुक्त भएका थिए। मोदीको शपथ ग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। मोदीको शपथग्रहण समारोहमा शाहरूख खान, अक्षय कुमार, मुकेश अम्बानीको पनि उपस्थिति छन्। यस्तै, भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार भारतले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेको थियो।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहमद मुइज्जु, पूर्वीअफ्रिकी मुलुक सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी भएका छन्। मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगुनाथ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई पनि मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी छन्। माल्दिभ्सका राष्ट्रपति मुइज्जु, भुटानका प्रधानमन्त्री तोब्गे र मौरिससका प्रधानमन्त्री जगुनाथ पनि शपथ ग्रहण कार्यक्रममा उपस्थित छन्।

संघको मन्त्रीको रूपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जगत प्रकाश नड्डा, शिवराज सिंह चौहान, निर्मला सितारमण, एस जयशंकर, एचडी कुमार स्वामी, मनोहर लाल खट्टर, पियुष गोयल, धर्मेन्दर प्रधान लगायतले शपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

श्रीमतीमाथि कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट कसजु पक्राउ : JCNEPALMEDIA

मिटर ब्याजीको आरोपमा कपलेश्वरका गाेपाल साह सहित ३ जना पक्राउ

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि सेवाबाट हटाउने सरकारकाे निर्णय स्थगित : JCNEPALMEDIA

जनकपुरका नवल मुरारका मार्वल ब्रान्डको नक्कली पाइप प्रकरणमा पक्राउ : JCNEPALMEDIA

अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने : JCNEPALMEDIA